सुचना, समाचार र मनोरन्जन

चौथो टाइगर कप: तयारी पुरा, उद्घाटन खेलमा गण्डकी र त्रिभुवन आर्मी भिड्ने

खेलकुद विकास र सामाजिक अभियानको क्षेत्रमा विशेष योगदान दिंदै आएको टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा यहि माघ १ गते देखि ६ गते सम्म हुने उक्त प्रतियोगिताको खेल तालिका अनुसार उद्घाटन खेलमा गण्डकी र त्रिभुवन आर्मी भिड्ने पक्का भएको हो ।

पोखरा /

चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लव च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८०’को उद्घाटन खेलमा गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लव भिड्ने भएका छन् ।

खेलकुद विकास र सामाजिक अभियानको क्षेत्रमा विशेष योगदान दिंदै आएको टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा यहि माघ १ गते देखि ६ गते सम्म हुने उक्त प्रतियोगिताको खेल तालिका अनुसार उद्घाटन खेलमा गण्डकी र त्रिभुवन आर्मी भिड्ने पक्का भएको हो । देशकै ठूलो धनराशी पुरस्कार भएको उक्त प्रतियोगिताको उद्घाटन खेल दिउसो साढे १ बजे सुरु हुनेछ । प्रतियोगिताको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नारायण प्रसाद शर्माले सम्पूर्ण तयारी पुरा भएको जनाएका छन् ।

अध्यक्ष शर्माका अनुसार पोखरा रंगशाला भलिबल ट्रेनिङ सेन्टरमा करिव १० हजार दर्शक क्षमताको प्यारापिट तयार गरिएको छ भने सहभागि सबै महिला तथा पुरुष टिम पोखरा आइसकेका छन् । खेल तालिका अनुसार हरेक दिन महिला र पुरुषतर्फका २–२ खेल गरी चार खेल हुने आयोजकले जनाएको छ ।

नेपाल भलिबल संघको स्विकृतीमा हुने चौथो टाइगर कपमा पहिलो पटक सहभागिता जनाउन भारत हरियाणा राज्यको महिला पुलिस क्लव पोखरा आइपुगेको छ । महिलातर्फ नै चन्द्रागिरी नगर पालिका न्यू डायमण्ड स्पोर्टस क्लव, गण्डकी प्रदेश संगै तिन विभागिय टोली नेपाल पुलिस क्लव, नेपाल आर्मीको त्रिभुवन क्लव र शसस्त्र प्रहरीको एपिएफ क्लवले सहभागिता जनाउने छन् ।

त्यसै गरी पुरुषतर्फ श्रीलंकाको आर्मी टिमले पहिलो पटक पोखरा आएको छ । प्रतियोगितामा सहभागि हेल्प नेपाल स्पोर्टस क्लवले समेत तीन जना पाकिस्तानी खेलाडी टिममा भित्राएको छ । पुरुषतर्फ गण्डकी प्रदेश भलिबल संघ संगै तिन विभागिय टोली नेपाली सेनाको त्रिभुवन क्लव, नेपाल पुलिस क्लव र शसस्त्र प्रहरीको एपिएफ क्लवले सहभागिता जनाउने छन् ।

प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्ने तय भएको संस्थाका अध्यक्ष शर्माले जनाएका छन् ।

चौथो टाइगर कप सफलतापूर्वक सम्पन्न हुनेमा अध्यक्ष शर्माले विश्वास व्यक्त गर्दै सहयोगका लागि सबै संग आग्रह गरेका छन् । उनले भनेका छन्–“यो समग्र गण्डकी प्रदेशकै सफलताको विषय हो । हामी संग विदेशी क्लवहरु समेत आगमनले यसको उचाई थपेको छ । सबैलाई खेल भावना अनुरुप अनुशासित र मर्यादित भएर खेल र खेलाडीलाई मायाँ गर्न आग्रह गर्छु ।”

प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिव १५ हजार बराबरको एक्सटेप कम्पनीको जुत्ता प्राप्त गर्ने आयोजकले जनाएको छ ।

चौथो टाइगर कप सफलतापूर्वक सम्पन्न हुनेमा अध्यक्ष शर्माले विश्वास व्यक्त गर्दै सहयोगका लागि सबै संग आग्रह गरेका छन् । उनले भनेका छन्–“यो समग्र गण्डकी प्रदेशकै सफलताको विषय हो । हामी संग विदेशी क्लवहरु समेत आगमनले यसको उचाई थपेको छ । सबैलाई खेल भावना अनुरुप अनुशासित र मर्यादित भएर खेल र खेलाडीलाई मायाँ गर्न आग्रह गर्छु ।”

पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा हुने प्रतियोगिताका लागि रङ्ग–रोङ्गन, सरसफाई, स्टेज तथा अस्थाई प्यारापिट निर्माणको कार्य गरी खेल मैदानको मर्मत सम्भार गरीएको संस्थाका सचिव डिवी नेपालीले जानकारी दिए । “हामीेले गत सस्करणहरु भन्दा यस वर्ष धेरै मेहनत गरेका छौं । राष्ट्रिय खेल भलिबल लाई मायाँ गर्न र सहकार्य गर्न म सबैलाई आग्रह गर्दछु ।”

प्रतियोगितामा टिकट काटेर हेर्ने दर्शकहरुलाई दैनिक गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ भने फाइनल खेलमा बम्पर उपहारस्वरुप सामसुङको मोवाइल प्रदान गरिने सचिव नेपालीले जानकारी दिएका छन् । प्रतियोगिता सम्पन्न गर्न करिव १ करोड १५ लाख भन्दा बढि खर्च हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताका इन्टनेशनल रेफ्रि तथा रेफ्रि डेलिगेट्स.टहल सिंह थापाका अनुसार लिग कम नक आउटका आधारमा सञ्चालन हुने प्रतियोगिताको पहिलो दिन माघ १ गते ३ गते सम्म हरेक दिन महिलातर्फ दुई र पुरुषतर्फ गरी चार खेल हुनेछन् ।

महिलातर्फ पहिलो दिन माघ १ गते विभागिय टोली एपिएफ क्लवले नेपाल पुलिस क्लवको सामना गर्ने छ भने दोश्रो खेल त्रिभुवन आर्मी क्लव र चन्द्रागिरी नगरपालिका न्यू डायमण्ड क्लवका विच हुनेछ । पुरुषतर्फको पहिलो खेल मध्यान्हमा दुई विभागिय टोली एपिएफ क्लव र नेपाल पुलिस क्लवका विच हुनेछ भने सो खेल लगतै उद्घाटन खेल सुरु हुनेछ ।

त्यसै गरी माघ २ गते महिलातर्फ महिलातर्फ गण्डकीले नेपाल पुलिसको सामना गर्नेछ भने दोश्रो खेल महिलातर्फ त्रिभुवन आर्मी क्लव र हरियाणा टिम भारतका विच हुनेछ । त्यस्तै पुरुषतर्फको पहिलो लिग खेल श्रीलंका आर्मी टिम र एपिएफ क्लव तथा दोश्रो खेल त्रिभुवन आर्मी र हेल्प नेपाल क्लवका विच हुने भएको छ ।

माघ ३ गते महिलातर्फ एपिएफ क्लव र गण्डकी प्रदेशका विच हुने छ भने दोश्रो खेलमा चन्द्रागिरी नगरपालिका न्यू डायमण्ड क्लवले हरियाणा पुलिस क्लवको सामना गर्नेछ । यता पुरुषतर्फ सोही दिन लिग चरणको अन्तिम खेलमा नेपाल पुलिस क्लव र श्रीलंका आर्मी टिमका विच तथा दोश्रो खेलमा हेल्प नेपाल र गण्डकी प्रदेश आमने सामने हुने इन्टनेशनल रेफ्रि थापाले जनाएका छन् ।

खेल तालिका अनुसार माघ ४ गते महिला र पुरुष दुबैतर्फ समीफाइनलका खेलहरु सञ्चालन हुनेछन् भने माघ ५ गते तेश्रो र चौथो हुने टिमको टुङ्गो लाग्नेछ । माघ ६ गते महिला र पुरुषतर्फ फाइनल खेल सञ्चालन हुने इन्टनेशनल रेफ्रि थापाले बताए ।

Leave A Reply

Your email address will not be published.