सुचना, समाचार र मनोरन्जन

आईसीसी यू-१९ विश्वकप: नेपालको उत्कृष्ट सुरुवात

आइसिसी यू-१९ विश्वकपअन्तर्गत आज नेपालले समूहको तेस्रो खेलमा अफगानिस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ। सुरुवाती दुई ओभरमै दुई विकेट लिँदै नेपालले सानदार सुरुवात गरेको छ ।

काठमाडौं /

आइसिसी यू-१९ विश्वकपअन्तर्गत आज नेपालले समूहको तेस्रो खेलमा अफगानिस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ। सुरुवाती दुई ओभरमै दुई विकेट लिँदै नेपालले सानदार सुरुवात गरेको छ ।

तीव्र गतिका बलर गुलशन झाको पहिलो ओभरको चौथो बलमा अफगानिस्तानका ओपनर नौमान साह टप एज लागेर दीपक डुम्रेबाट क्याच आउट भए । आकाश चन्दको दोस्रो ओभरको तेस्रो बलमा एज लागेर खलिद टनिवाल विकेटकिपर विपिन रावलबाट क्याच आउट भए । दुबै ब्याटर शून्यमा आउट भएपछि अफगानिस्तान दबाबमा परेको छ ।

बफेलो पार्क इस्ट लन्डनमा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तानले २ ओभरमा २ विकेट गुमाउँदै २ रन बनाएको छ । नेपालले आजको खेलमा टोलीमा दुई परिवर्तन गरेको छ । दीपक बोहरा र तिलकराज भण्डारीलाई खेलाएको छ ।

सुपर-६ मा पुग्नका लागि लागि दुवै टिमलाई जितको आवश्यकता छ। यसअघि नेपाल र अफगानिस्तान दुवैले पाकिस्तान र न्युजिल्यान्डसँग हार बेहोरेका थिए।

नेपाल न्युजिल्यान्डसँग ६५ रन र पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो । अफगानिस्तान पाकिस्तानसँग १८१ र न्युजिल्यान्डसँग १ विकेटले पराजित भएको थियो ।

दुबै टोली समूह ‘डी’ मा अंक विहीन छन् । यस खेलको विजेता टोली सुपर सिक्स र पराजित हुने टोलीले १३ देखि १६ औं स्थानको लागि प्लेअफ खेल्नुपर्ने हुन्छ ।

Leave A Reply

Your email address will not be published.