सुचना, समाचार र मनोरन्जन

राष्ट्रियसभाको निर्वाचनमा दलहरुको सिद्धान्तहीन राजनीति उदागिंयोः भीम रावल

काठमाडौं /

नेकपा {एमाले}का नेता भीम रावलले राष्ट्रियसभाको निर्वाचमा दलहरुको सिद्धान्तहीन राजनीति उदागिंएको टिप्पणी गरेका छन्।

उनले गठबन्धनलाई अवसरवादको संज्ञा दिँदै यसले राजनीतिक दलहरूको सैद्धान्तिक अ‍ौचित्य र संघीय प्रणालीमाथि नै गम्भीर प्रश्न उठाएको उल्लेख गरेका छन्।

‘राष्ट्रिय सभा सदस्यको निर्वाचनमा दलहरूको सिद्धान्तहीन राजनीति फेरी उदांगिएको छ।सिद्धान्तहीन र गन्तव्यहीन अवसरवादी गठबन्धन संवैधानिक दलगत प्रतिस्पर्धाको परिकल्पना होइन।’ ,नेता रावलले सामाजिक सञ्जालमा लेखेका छन्,‘यस्तो अवसरवादले राजनीतिक दलहरूको सैद्धान्तिक अ‍ौचित्य र संघीय प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ। राजनीतिक आन्दोलनको उद्देश्य पराजित भएको छ र जनताको अपेक्षामाथि आघात पुगेको छ।’

Leave A Reply

Your email address will not be published.