सुचना, समाचार र मनोरन्जन

प्रधानमन्त्री प्रचण्ड मुस्ताङमा

काठमाडौँ/

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज मुस्ताङ पुगेका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गतको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०ले आयोजना गरेको जलवायु परिवर्तनसम्बन्धी अन्तक्रियामा सहभागी हुन उनी मुस्ताङ पुगेका हुन् ।

नेपाली सेनाको हेलिकोप्टरमार्फत बिहान जोमसोम पुगेका प्रचण्ड कोरला नाका, बाढीले क्षति पुर्‍याएको कागबेनीलगायत क्षेत्रको अनुगमन गर्ने कार्यक्रम रहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.