सुचना, समाचार र मनोरन्जन

केन्द्रीय समितिको एजेण्डा अनुमोदन गर्न माओवादीको स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ/

केन्द्रीय कमिटीको एजेण्डा पारित गर्न नेकपा ९माओवादी केन्द्र०को स्थायी कमिटी बैठक बस्दैछ । बैठकले राजनीति र संगठनात्मक प्रतिवेदन पारित गर्ने केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।

यसअघि पदाधिकारी बैठकमा पटक पटक छलफल, सुझाव र सल्लाहसहितको प्रतिवेदन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बुझाइएको थियो । सो प्रतिवेदनलाई प्रचण्डले अन्तिम रूप दिएपछि स्थायी कमिटी बैठकले अनुमोदन गर्न लागिएको हो ।

केन्द्रीय समिति बैठक बिहान ११ बजे प्रज्ञाभवन कमलादीमा बस्दैछ । ५ दिनसम्म सञ्चालन हुने बैठकले संगठनात्मक स्वरूप, आगामी कार्यदिशा, कार्यक्रम, विधान सम्मेलनबारे निर्णय गर्ने उपाध्यायले बताए ।  माओवादी केन्द्रले केन्द्रीय समिति बैठक पहिलोपटक लाइभ गर्न लागेको छ ।

बैठक लाइभ गर्ने पदाधिकारी बैठकको निर्णयमा धेरै नेताहरूले असन्तुष्ट जनाएका छन् । यसविषयमा स्थायी कमिटी बैठकमा छलफल हुने सचिव गणेश साहले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.