सुचना, समाचार र मनोरन्जन

खगराज अधिकारी गण्डकीको मुख्यमन्त्री नियुक्त

पोखरा /

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका खगराज अधिकारी नियुक्त भएका छन् ।

प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा धेरै दलहरूको समर्थनमा अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

आइतबार नै एमाले, नेकपा (माओवादी केन्द्र) र राजीव गुरूङको समर्थनमा अधिकारीलाई मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस भएको थियो।

यता नेपाली कांग्रेसले प्रदेश प्रमुख भट्टलाई पत्राचार गरेर असंवैधानिक तरिकाबाट मुख्यमन्त्री नियुक्त नगर्न आग्रह गरेको थियो। सभामुखसमेतलाई समावेश गरेर बहुमत देखाइएको भन्दै कांग्रे‍सले विरोध गरेको थियो।

Leave A Reply

Your email address will not be published.