सुचना, समाचार र मनोरन्जन

बर्दियाको गुलरिया कारागारबाट एक कैदी भागे

बर्दिया/

बर्दिया जिल्लाको गुलरिया कारागारबाट एक जना कैदी भागेका छन् । कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट ३० वर्ष सजाय तोकिएर सजाय काटिरहेका कैदी टोपे भनिने अजित बुढा क्षेत्री कारागारबाट भागेका जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी हिक्मत बोहोराले जानकारी दिए ।

कारागारभित्रको भवनको छतमा चढेका उनी काँडेतार लगाएको पर्खालमा चढेर बिहान साढे ३ बजेतिर हाम फालेर भागेका डीएसपी बोहोराले बताए । बर्दिया कारागारभित्र रहेका बुढा क्षेत्रीको खोजीका लागि नेपाल भारत सीमावर्ती नाकाका साथै गुलरिया, मधुवन, ठाकुरबाबा लगायतका जिल्लाका आठ वटै पालिकाका ठाउँठाउँमा बिहानैदेखि प्रहरी परिचालन गरिएको छ ।

Chaka Panja

२०७२ साल फागुन ५ गते छिमेकी जोरासिंह थापाको हत्या अभियोगमा भोलिपल्टै पक्राउ परेका ठाकुरबाबा नगरपालिका८ सुतैया गाउँका उनी बर्दिया जिल्ला अदालतमा बयानका लागि लगिएका बेला अदालत परिसरकै शौचालयको भेन्टिलेसनबाट २०७२ साल फागुन ३० गते पनि भागेका थिए ।

अदालत परिसरको शौचालयबाट भागेको साढे ६ वर्षपछि प्रहरीले गएको वर्ष कार्तिक २१ गते उनलाई घरबाटै पक्राउ गरेको थियो । अदालतले उनलाई हत्या अभियोगमा ३० वर्ष कैद सजायको फैसला गरेको थियो । अदालतको शौचालयबाट भागेपछि पक्राउ परेको एक वर्ष नपुग्दै फेरि कारागारबाट उनी भागेका प्रहरीले जनाएको छ ।

कारागार भित्रैबाट कैदी कसरी भागे भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.