सुचना, समाचार र मनोरन्जन
IVF New Banner

एमाले गण्डकीको पत्रकार सम्मेलन, प्रथम अधिबेशनको लोगो सार्बजनिक

नेकपा {एमाले} गण्डकी प्रदेश कमिटीले यहि असोज १५ र १६ गते पोखरामा आयोजना हुने प्रथम ऎतिहासिक अधिबेशनको लोगो मंगलबार सार्बजनिक गरेको छ ।

पोखरा /

नेकपा {एमाले} गण्डकी प्रदेश कमिटीले यहि असोज १५ र १६ गते पोखरामा आयोजना हुने प्रथम ऎतिहासिक अधिबेशनको लोगो मंगलबार सार्बजनिक गरेको छ ।

Safal

अधिबेशन प्रचार प्रसार समितिले पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेर लोगो सार्बजनिक गरेको हो ।

IVF Post

लोगो सार्बजनिक गर्दै एमाले सचिब तथा गण्डकी प्रदेश इन्चार्ज गोकर्ण बिष्टले अधिबेसनलाइ ऎतिहासिक बनाउन भएका तयारीहरूको बारेमा जानकारी दिए ।

बैठकले अधिबेशनलाई सभ्य र भब्यरूपले सम्पन्न गर्न विभिन्न विभिन्न वटा उप समिति मार्फत ससक्त ढंगले तयारी अगाडि बढाइएको प्रचार तथा प्रसार उप समिति सदस्य रामजी प्रसाद लम्सालले जानकारी दिए ।

प्रदेश कमिटी अध्यक्ष नवराज शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अधिबेशन प्रचार प्रसार समिति संयोजक तथा प्रदेश कमिटीका उप सचिब रश्मि आचार्यले संचालन गर्नु भएको थियो।

अधिबेशनमा करिब ९०० जना प्रतिनिधि सहभागी हुने र असोज ९ गते प्रतिनिधि चयन हुने जानकारी अध्यक्ष नबराज शर्माले जानकारी दिए। नेकपा {एमाले} गण्डकीको प्रथम अधिबेशनमको पार्टी अध्यक्ष के पि शर्मा ओलिले असोज १५ गते अमरसिंह चौरमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

Leave A Reply

Your email address will not be published.