सुचना, समाचार र मनोरन्जन

वसन्तपुरमा सामूहिक कुमारी पूजा गरियो

काठमाडौँ/

इन्द्रजात्रा सुरु भएको जनाउ दिने योःसी ठड्याइएको भोलिपल्ट वसन्तपुर दरबार क्षेत्रमा सामूहिक कुमारी पूजा गरिएको छ । इन्द्रजात्रा पर्वअनुसार लिङ्गो ठड्याएको भोलिपल्ट कुमारीको पूजा गर्न परम्परा रहेको छ ।

तलेजु भवानी मन्दिर अगाडी महिनावारी सुरु नभएका बालिकाहरूलाई वैदिक परम्परा अनुसार सामूहिक कुमारी पूजा गरिएको हो । यसरी सामूहिक कुमारी पूजा गर्नाले सुख–शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास रहेको छ । त्यस्तै कुमारी पूजा गर्दा उनीहरू रोग आदिबाट सुरक्षित हुने जनविश्वास रहेको छ ।

नेवार समुदायमा ईही ९बेल विवाह० नगरेको २ वर्षदेखि ८ वर्ष उमेर समूहका बालिकाहरूलाई कुमारीका रूपमा पूजा गर्ने प्रचलन रहेको छ। पूजासँगै यहाँ सहभागी कुमारीलाई हनुमानढोकामा रहेको तलेजु भवानीको मन्दिर परिक्रमा गराई मूल स्थानमा पूजा गर्ने गरिन्छ । कुमारी पूजा गरेमा बालिकाहरूलाई तलेजु भवानीले रक्षा गर्ने विश्वास छ ।

Leave A Reply

Your email address will not be published.