सुचना, समाचार र मनोरन्जन
Sarankot Dham

टाइगर ग्रुप द्वारा स्वागत संगै बिदाई, कृषलालाई सहयोग

पोखरा /

भलिबल खेलको विकास र सामाजिक क्षेत्रमा कृयाशिल संस्था टाइगर ग्रुप अफ पोखरा नेपालले टाइगर ग्रुप अफ जापान शाखाका अध्यक्ष चन्द्र बहादुर खत्रीलाई स्वागत गरेको छ भने जापान प्रस्थान गर्न लागेका गण्डकी प्रदेश भलिबल संघका अध्यक्ष नविन गुरुङलाई बिदाई गरेको छ ।

sfal

टाइगर ग्रुपले एक कार्यक्रमको आयोजना गरि अध्यक्ष खत्रीलाई स्वागत संगै अध्यक्ष गुरुङलाई बिदाई गरेको हो । ग्रुपका अध्यक्ष नारायण प्रसाद शर्मा, उपाध्यक्ष देवेन्द्र केसी महासचिव संसाद प्रकाश बराल, सचिव डिवी नेपाली, कोषाध्यक्ष हरि श्रेष्ठलगायतले स्वागत तथा बिदाई गरेका थिए ।

यसंै गरि भलिबलकी घाइते खेलाडी कृषला बरामलाई समेत् टाइगर ग्रुपले आर्थिक सहयोग गरेको छ । घुँडाको हालै शल्यकृया गरेकी उनलाई टाइगर ग्रुपले नगद ५ हजार सहयोग गरेको हो ।

त्यसै गरी उमेन्स क्लव अफ पोखराले कृषलाको उपचारका लागि नगद ८ हजार सहयोग गरेको छ । क्लबकी अध्यक्ष सारिका गुरुङले उनलाई सो रकम हस्तान्तरण गरेकी हुन् ।

Leave A Reply

Your email address will not be published.