पोखरा/
पोखरामा हुने ईन्टर कलेज व्याण्ड कम्पिटिसनको सम्पूर्ण तयारी पुरा भएको छ । पोखरा सांगीतिक कलाकार संघको आयोजनामा यहि असोज १२ र १३ गते हुने सो प्रतियोगिताको तयारी पुरा भएको बुधबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।
२१ टिम प्रतिस्पर्धाका लागि छनौट भएको पोखरा सांगीतिक कलाकार संघका अध्यक्ष हर्कराज गुरुङ (भाई) ले जानकारी दिए । उनका अनुसार उनीहरु डिजिटल अडिसन मार्फत छनौट भएका हुन् । डिजिटल अडिसनबाट छनौट भएकाहरुबीच प्रतिष्पर्धा मार्फत फाइनल चरणमा प्रवेश गर्नेछन् । फाइनल चरणमा दिएको प्रस्तुतिका आधारमा प्रथम, द्वितीय र तृतीय घोषणा गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुनेलाई नगद १ लाखसहित प्रमाणपत्र, द्वितिय हुनेलाई नगद ५० हजार र तेश्रो हुनेलाई नगद २५ हजारसहित प्रमाणपत्र प्रदान गरिने सचिव भाष्कर ध्वज श्रेष्ठले बताए । उत्कृष्ट भोकल, लिड गितार, रिदम गितार, बेस गितार र उत्कृष्ट ड्रमरलाई पनि नगद पाँचपाँच हजारसहित प्रमाणपत्र प्रदान गरिनेछ ।
प्रतियोगितामा प्रथम हुनेलाई नगद १ लाखसहित प्रमाणपत्र, द्वितिय हुनेलाई नगद ५० हजार र तेश्रो हुनेलाई नगद २५ हजारसहित प्रमाणपत्र प्रदान गरिने सचिव भाष्कर ध्वज श्रेष्ठले बताए । उत्कृष्ट भोकल, लिड गितार, रिदम गितार, बेस गितार र उत्कृष्ट ड्रमरलाई पनि नगद पाँचपाँच हजारसहित प्रमाणपत्र प्रदान गरिनेछ ।
प्रतियोगिता सम्पन्न गर्न करिब १२ लाख खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगिताबाट १६ लाख संकलन गरी ४ लाख बचत गर्ने लक्ष्य पोखरा सांगीतिक कलाकार संघको छ । बचत रकम कलाको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनसँगै कलाकारको हक,हित र अधिकारका लागि खर्च गरिने बताइएको छ ।
पोखराको सांगीतिक माहोल तताउँदै व्याण्डहरुलाई पुनःजागृत गराउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको सह-सचिव विनोद बानियाँले जनाए । उनका अनुसार प्रतियोगिता कलेज र विद्यालय लेभलमा अधययनरत विद्यार्थीमा लुकेर रहेका प्रतिभाको उजागर गर्नुका साथै विद्यालयमा सांगीतिक माहोल सिर्जना गर्नका लागि वातावरण बनाउन कोशेढुंगा सावित हुनेमा संस्था विश्वस्त छ । संगीतको माध्यम सुस्ताएको पर्यटन क्षेत्रलाई माथि उठाउन प्रतियोगिताले सहयोग पु¥याउने उनले बताए ।
पोखराको प्रदर्शनी केन्द्र नयाँबजारमा आयोजना हुने प्रतियोगिताको जजका रुपमा संस्थाका संगीतकार सामसुङ तामाङ, निवर्तमान अध्यक्ष सुनील थापा, गायक एवम् संगीतकार विनोद बानियाँ, संगीतकार अमित गुरुङ रहेका छन् ।
पोखरा सांगीतिक कलाकार संघले होली म्युजिक फेष्टिवल, कोभिडका समयमा कलाकारलाई सहयोग लगायतका कार्यक्रम गरिसकेको छ ।