पोखरा/
बाग्लुङबाट पोखरा जाँदै गरेको जीप पर्वतको कुश्मा स्थित तमादीखोलाले बगाउँदा बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डीएसपी खुमलाल खुमलाल भुसालका अनुसार केही समय अघि खोजीको क्रममा एक जनाको शव भेटिएको हो । टुक्राटुक्रा परेको अवस्थामा भेटिएको जीपको केही भाग मोदीखोला दोभानमा भेटिएको र अन्य शवको खोजी कार्य भैरहेको डिएसपी भुसालले जानकारी दिए ।
खोजिका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलि खटेको छ ।