सुचना, समाचार र मनोरन्जन

नेपाल लाइफ इन्स्योरेन्सको २३ औं वार्षिकोत्सव: ४१ युनिट रगत संकलन

पोखरा /

नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो २३ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

Pach Pandav

सामाजिक कार्यलाई मध्यनजर गर्दै विभिन्न क्रियाकलाप गर्दै आएको इन्स्योरेन्सले वार्षिकोत्सवको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ४१ युनिट रगत संकलन भएको आकस्मिक रक्तदान युनिटका संयोजक नेत्र प्रसाद ढकालले जानकारी दिए।

रक्तदान कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्स गण्डकी प्रदेश प्रमुख सहदेव अधिकारी, नेपाल विमा प्रधिकरण गण्डकी प्रदेश प्रमुख केशव प्रसाद दाहाल, निप्स च्यापटर पोखराका अध्यक्ष वद्रि नाथ पौडेलले वार्षिकोत्सवको शुभकामना व्यक्त गर।

यस्तै कार्यक्रममा प्रादेशिक रक्तसंचार केन्द्र प्रमुख अर्जुन ज्ञवाली, निप्स च्याप्टर पोखराका कोषाअध्यक्ष शिव सुवेदी, अभिकर्ता संघ पोखरा शाखा समिति अध्यक्ष दिपक प्रसाद पराजुली, पोखरा शाखा प्रमुख उपेन्द्र तिमिल्सिनाले आ-आफ्नो भनाई राखे।

Leave A Reply

Your email address will not be published.