सुचना, समाचार र मनोरन्जन

दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता गुमाउने सम्भावना, सरोकारवालाको बैठक बस्दै

काठमाडौं /

दशरथ रंगशालाले अन्तराष्ट्रिय मान्यता गुमाउने सम्भावना बढेको छ। विश्व फुटबल महासंघ {फिफा} र एसियाली फुटबल महासंघ {एएफसीं}ले दशरथ रंगशालाको भौतिक संरचनामा प्रश्न उठाएपछि रंगशालाको अन्तर्राष्ट्रिय मान्यता गुम्ने खतरा बढेको हो।

यसअघि रंगशालाको अवस्था राम्रो नभएको एएफसीका प्रतिनिधिको प्रतिवेदनपछि नेपालले बहराइनबीचको खेल दशरथ रंगशालामा हुन नसकेपछि नेपालले होम र अवे खेल बहराइनमै खेलेको थियो।

एन्फा र एएफसीले रंगशालाको भौतिक संरचना र पिचमा प्रश्न उठाएका छन्। साथै राति हुने खेलमा फ्लडलाइटको विषयमा समेत प्रश्न उठाएका छन्।

एन्फा र एएफसीले पत्र लेख्दै रंगशालाको भौतिक अवस्था सुधार गर्न पत्र लेखेका थिए। यसपछि खेलकुद मन्त्रालयले चासो देखाउँदै सरोकारवालाको बैठक आज बोलाएको छ । सो बैठकमा राखेपका सदस्यसचिव टंकलाल घिसिङ र एन्फाका पदाधिकारीलाई बोलाइएको छ।

Leave A Reply

Your email address will not be published.