सुचना, समाचार र मनोरन्जन

भगवान कोइरालाको बाल अस्पताल निर्माण अभियानमा भाटभटेनीले ४१ करोड सहयोग गर्ने

भाटभटेनी सूपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले डा। भगवान कोइरालाको नेतृत्वमा बन्न लागेको बाल अस्पतालका लागि ४१ करोड सहयोग घोषणा गरेका छन्।

कोइरालाको नेतृत्वमा काठमाडौंसहित सातवटै प्रदेशमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अस्पताल बन्न लागेको छ।

शुक्रबार अपराह्न काठमाडौंको हेपाली हाइटस्थित अस्पताल निर्माण क्षेत्र पुगेर गुरूङले कोइरालाको अभियानमा साथ दिने प्रतिवद्धता जनाउँदै ४१ करोड रुपैयाँ सहयोगको घोषणा गरेका हुन्।

उनले अस्पताल निर्माणबारे चासो राखेका थिए। डा. कोइरालाले आफ्नो नेतृत्वमा रहेको टिमले अहिलेसम्म गरेका कामका बारेमा गुरुङलाई जानकारी दिएका थिए।

त्यसपछि उनले ४१ करोड रूपैयाँ सहयोगको घोषणा गरेका हुन्। डा. कोइरालाले खुशी व्यक्त गर्दै उक्त रकम अस्पताल निर्माणमा ठूलो सहयोग रहेको बताए। उनले अस्पताल भगवान कोइराला वा बोर्डको मात्र नभई देशकै लागि गरिएको बताए।

डा. कोइरालाले काठमाडौंसहित सातवटै प्रदेशमा बाल अस्पताल बनाउने अभियान अघि सारेका छन्। कोसी प्रदेशको झापामा एक वर्षअघि नै बाल अस्पताल सम्पन्न भइसकेको छ। अब काठमाडौंसहित बाँकी प्रदेशमा बाल अस्पताल निर्माण हुनेछ।

Leave A Reply

Your email address will not be published.