सुचना, समाचार र मनोरन्जन

विश्वकप क्रिकेटमा आज पाकिस्तान र दक्षिण अफ्रिका खेल्दै

काठमाडौँ/

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज शुक्रवार पाकिस्तान र दक्षिण अफ्रिका खेल्दैछन् । खेल दिउँसो सवा २ बजे चेन्नईमा हुनेछ । दक्षिण अफ्रिका ५ खेलमा ४ खेल जित्दै तालिकाको दोस्रो स्थानमा छ । पाकिस्तान उति नै खेलमा २ खेल जित्दै तालिकाको छैटौँ स्थानमा छ । दक्षिण अफ्रिकाले पछिल्लो ३ खेलमा २ मा जित र १ मा हार बेहोरेको छ । पाकिस्तानले पछिल्लो ३ खेलमा ३ वटैमा हार बेहोरेको छ ।

एकदिवसीय विश्वकपमा यी २ टोलीबीच ५ वटा खेल हुँदा दक्षिण अफ्रिका ३ र पाकिस्तान २ खेलमा विजयी भएको छ । एकदिवसीय क्रिकेटमा यी २ टोलीबीच ८२ वटा खेल हुँदा दक्षिण अफ्रिका ५१ र पाकिस्तान ३० खेलमा विजयी भएको छ । यस्तै १ खेल नतिजाविहीन छ ।

Leave A Reply

Your email address will not be published.