सुचना, समाचार र मनोरन्जन

जीबी राईको राहदानी रद्द गर्न प्रहरीको पत्राचार

काठमाडौं /

सहकारी ठगी प्रकरणमा फरार रहेका जीवी राईको राहदानी रद्द गर्न जिल्ला प्रहरी कार्यालय कास्कीले राहदानी विभागलाई पत्र लेखेको छ। सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्षसमेत रहेका जीबी अरबौं ठगेर भागेका छन्।

Pach Pandav

उनी अहिलेपनि प्रहरीको मोस्ट वान्टेड सूचीमा छन्। नेपाल प्रहरीले राईको राहदानी रद्द गर्न पत्राचार गरेको छ। राई भने लामो समयदेखि सम्पर्कविहीन छन्।

उनीविरुद्ध यसअघि नै इन्टरपोलबाट डिफ्युजन र रेड नोटिस जारी भइसकेको छ। अर्बौं ठगी गरेर भागेका जीबीलाई पक्राउ गर्न नसकेको भन्दै गृहमन्त्री रवि लामिछानेको चर्को आलोचना भइरहेको छ।

Leave A Reply

Your email address will not be published.