सुचना, समाचार र मनोरन्जन

बलात्कार मुद्दामा उच्च अदालतबाट सन्दीपले पाए सफाइ

काठमाडौं /

उच्च अदालत पाटनले क्रिकेटर सन्दिप लामिछाने निर्दोष भएको ठहर गरेको छ। जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै उनलाई उच्च अदालतले सफाई दिएको हो।

न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले सन्दीपलाई बलात्कार मुद्दामा निर्दोष ठहर गरेको हो।

मंगलबार न्यायाधीशद्धय भट्ट र उप्रेतीको इजलासमा बहस नसकिएपछि मुद्दा अन्तिम समयमा ‘हेर्दाहेर्दै ’राखिएको थियो। मंगलबार बाँकी रहेको बहस बुधबार निरन्तर भएको थियो।

गौशाला २६ले हालेको जबरजस्ती करणी मुद्दामा जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो।

Leave A Reply

Your email address will not be published.