सुचना, समाचार र मनोरन्जन

पर्यटकहरुमाझ प्रख्यात भुजुङ गाउँ

लमजुङ /

लमजुङ क्व्होलासोथार गाउँपालिका ४ स्थित एउटै वडा एउटै गाउँ पर्यटकीय भुजुङ गाउँ । परम्परागत मौलिक घर, संस्कार, संस्कृति र घरवासका लागि पर्यटकहरुमाझ भुजुङ प्रख्यात छ ।

सदरमुकाम बेसीशहर देखि २४ किलोमिटरको जिप यात्रा पछि पर्यटकीय गाउँ, घलेगाउँ, नायु, घनपोखरा हुँदै करिव दुई घण्टाको पैदल यात्रा पछि ग्रामिण पर्यटकीय भुजुङ गाउँ सजिलै पुग्न सकिन्छ। यो गाउँ जिल्लाकै सबैभन्दा ठूलो र सिरान गाउँको रूपमा पनि प्रख्यात छ।

Pach Pandav

समुन्द्री सतह देखि करिब १६०० मिटरको उचाईमा रहेको यस गाउँको पूर्वमा घले गाउँ,{उत्तरकन्या गाविस} घनपोखरा गाविस, पश्चिममा पसगाउँ गाविस, दक्षिणमा भोंजे गाविस, पर्दछ भने उत्तरमा विशाल जंगल, घाँसे खर्क, लम्जुङ हिमाल, अन्नपूर्ण हिमाल स्पष्ट रूपमा देख्न सकिन्छ।

यस गाउँमा गुरुङहरूको परम्परागत रितिरिवाज, भेषभुषा, भाषा, संस्कृति र पहिचान जिवितै रहेको छ। घरहरूको पर्खाल ढुंगा, माटो, काठ र छानोमा ढुङ्गा, टिन र खरले छाएको पुरानो शैलिका आर्कषक पुरानो घुमाउने घर पनि यहाँ रहेको छ।

खानाको रूपमा लोकल चामलको भात, कोदोको ढिंडो, सिस्नो, गुन्द्रुक, निउरो, कुरीलो, पिडालु, अनि कोदोको शुद्ध रक्सी, लोकल खसी र कुखुराको मासुको पनि स्वाद लिन सकिन्छ।

Leave A Reply

Your email address will not be published.