सुचना, समाचार र मनोरन्जन
Sarangi

बिन्ध्यबासिनी मा.बि मा जलबायु परिवर्तन बिषयक गोष्टि सम्पन्न

पोखरा
पोखरा महानगरपालीकाले पोखरा १६ स्थित बिन्ध्यबासिनी मा.बि मा जलबायु परिवर्तन बिषयक ३ दिने कार्यशाला गोष्ठी सम्पन्न गरेको छ।

पोखरा महानगरपालिका १६ भित्र रहेका बिद्यालयहरु बिन्ध्यबासिनी मा.बि, इन्द्रराज्य मा.बि, अन्नपुर्ण मा.बि, शान्ति मा.बि, ज्ञान ज्योती मा.बि र प्रगति मा. बि बाट ५/५ जना गरी कुल ३० जना बिद्दयार्थी कार्यक्रममा सहभागी थिए ।
पोखरा महानगरपालीकाको आयोजना तथा कानुनी युवा मन्च, लियो क्लव अफ काठमान्डौ आनन्द भैरब,लियो जिल्ला परिषद ३२५-एफ को सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा उपस्थित सहभागीहरुले प्रस्तुत गरेका प्रोजेक्ट बर्क सम्पन्न गर्नका लागी प्रति ग्रुप रू ७ हजार बिउ पुजी समेत प्रदान गरिएको थियो भने उत्कृष्ट प्रोजेक्ट तयार गरेको प्रगति ग्रुपले रु १६ हजार प्राप्त गरेको थियो ।

सफला दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमूख अतिथी महानगरका प्रमूख प्रशासकिय अधिकृत श्यामकृण थापाको प्रमुख आतिथ्यतामा उक्त गोष्टि सम्पन्न भएको जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.