सुचना, समाचार र मनोरन्जन
Sarangi

असार ७ गते विद्यालयस्तरमा विश्व योग दिवस मनाइने

काठमाडौँ/

सरकारले आगामी असार ७ (२१ जुन) गते विश्व योग दिवसलाई विद्यालयस्तरमा पनि मनाउने निर्णय गरेको छ ।

शिक्षामन्त्री सुमना श्रेष्ठको अध्यक्षता बसेको मूल समारोह समितिको बैठकले ‘महिला सशक्तीकरणका लागि योग’ नाराका साथ विद्यालयस्तरमा दिवस मनाउने निर्णय गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विश्व योग दिवसलाई विद्यालयस्तरमा पनि मनाइने जनाइएको छ।

बैठकले प्रदेश र स्थानीय तहमा समेत योग दिवस मनाउन पत्राचार गरिनुका साथै विद्यालयस्तरमा दिवस मनाउन सबै शिक्षा विकास तथा समन्वय एकाइमार्फत विद्यालयहरूलाई अनुरोध गरिनेछ ।

Leave A Reply

Your email address will not be published.