सुचना, समाचार र मनोरन्जन

माधव नेपाल भन्छन्- पार्टीमा वैचारिक मतभेद छैन

काठमाडौं /

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीभित्र बिचारको कुनै मतभेद नरहेको बताएका छन्।

सोमबार काठमाडौंमा अखिल नेपाल महिला संघ {समाजवादी}को मुखपत्र सार्वजनिक गर्दै अध्यक्ष नेपालले पार्टीको १० औं महाधिवेशन नजिकै आइरहेको अवस्थामा पार्टीभित्र बिचारको कुनै मतभेद नरहेको बताएका हुन्।

Pach Pandav

समाजवादलाई अघि बढाउने उद्देश्यका साथ पार्टी गठन भएको भन्दै अध्यक्ष नेपालले समाजवाद उन्मुख मुलुक निर्माणका लागि पार्टीले पाइला चालिरहेको दाबी गरे।

उनले महाविधेशनमार्फत नेपाली विशेषताको समाजवादको धारणालाई व्यवस्थित गर्ने उल्लेख गरे। अध्यक्ष नेपालले अहिलेको व्यवस्था र संविधान अनुसारको संरचनाबाट केहि बिकृतिहरु पैदा भएकाले त्यसलाई सुधार गर्दै अघि बढ्नुपर्ने बताए।

उनले आफूहरुसँग बिचार मिल्ने र सहकार्य गर्न चाहनेहरुलाई साथ साथ लिएर अघि बढ्न चाहेको र त्यसका लागि सक्दो पहलकदमी लिँदै आएको दाबी गरे। त्यस्तै नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले नेपालको कम्युनिष्ट आन्दोलनले समाजवादलाई अघि बढाउन नसकेकाले आफ्नो पार्टीले समाजवादी कार्यक्रमलाई अघि बढाउने जनाए।

उनले महाधिवेशनमा पार्टीको बिभिन्न दस्तावेजहरुलाई परिस्कृत गर्दै पारित गर्ने दावी गरे। उनले सहमतिका साथ नेतृत्व निर्माण गर्नुपर्ने बताए।

Leave A Reply

Your email address will not be published.