सुचना, समाचार र मनोरन्जन

न्यायाधीशद्वय चुडाल र शर्मालाई कारबाही नगरे अनशन बस्ने गोविन्द केसीको चेतावनी

काठमाडौं /

वरिष्ठ चिकित्सक एवं स्वास्थ्य शिक्षा सुधारका स्वघोषित अभियान्ता डा. गोविन्द केसीले मेडिकल व्यापारी दुर्गा प्रसाईंको झापास्थित बिएण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन परमादेश जारी गर्ने सर्वोच्चका न्यायाधीशलाई कारबाही गर्न माग गरेका छन्।

आज एक विज्ञप्ति जारी गर्दै केसीले सो माग गरेका हुन्। उक्तको सुनुवाई नभए असार दोस्रो साताबाट अनशन बस्ने उनको चेतावनी छ।

गत महिना सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र शारंगा सुवेदीको संयुक्त इजलासले १५ दिनभित्र मेडिकल कलेजलाई सम्बन्धन दिन नेपाल सरकारको नाममा परमादेश जारी गरेको थियो। डा. केसी कुनैपनि हालतमा प्रसाईंको कलेजले सम्बन्धन पाउन हुँदैन भन्ने पक्षमा थिए।

मंगलबार विज्ञप्ति जारी गर्दै उनले उक्त फैसलाले चिकित्सा शिक्षा आयोगको अस्तित्वमाथि थप प्रहार गरेको जिकिर गरेका छन्। उक्त इजलासका वरिष्ठतम् न्यायाधीशलाई न्यायसम्पादन कार्यबाट अलग गर्न डा. केसीले माग गरेका छन्। ती न्यायाधीशमाथि थप कारबाही अघि बढाउन उनले न्याय परिषद्को ध्यानाकर्षण समेत गराएका छन्।

Leave A Reply

Your email address will not be published.