सुचना, समाचार र मनोरन्जन

फिल्म ‘माइली’ मा अभिनेत्री प्रियंका कार्की अनुबन्धित

पोखरा /

रुना इन्टरटेन्ट्मेन्टको ब्यानरमा बन्ने फिल्म ‘माइली’ मा अभिनेत्री प्रियंका कार्की अनुबन्धित भएकी छन्।

बाबू साहेब बलामीको कन्सेप्ट र निर्देशन रहने फिल्मका लागि प्रियंकालाई हालै निर्माण पक्षले अनुबन्धित गरेको हो। फिल्म युनिटले प्रियंकाको पोस्टरलुक पनि सार्वजनिक गरेको छ । सार्वजनिक पोस्टरलुकमा प्रियंकालाई ग्रामिण महिलाको चरित्रमा देखाइएको छ।

Pach Pandav

निर्देशक बलामीले सत्य घटनामा आधारित हुने भनिएको फिल्ममा महिलाको पीडा देखाइने बताए।

‘दलित महिलाको श्रीमान नभएपछि समाजले ऊमाथि कस्तो दृष्टि लगाउछ रु उसका स–साना नाबलक छोरी हुर्काउन कति कठिन हुन्छ रु यहि समाज जातियताको आडमा कसरी प्रताडित गर्छ भन्ने कथा फिल्ममा देखाइनेछ’, निर्देशक बलामीले भने।

असारको अन्तिमबाट छायांकन गरिने फिल्म मकवानपुरको वीरखर्ग, कुलेखानी, काठमाडौं र दुबईमा खिचिनेछ । फिल्म शंकर अधिकारी ‘घायल’को गीत र पटकथा, सम्बाद तथा राजेन्द्र बजगाइको संगीत रहनेछ।

Leave A Reply

Your email address will not be published.