सुचना, समाचार र मनोरन्जन

रास्वपाले महामन्त्री ढकालको समीक्षा प्रतिवेदन सार्वजनिक गर्ने

काठमाडौं /

राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकालको समीक्षा प्रतिवेदन सार्वजनिक गर्ने जनाएको छ।

पार्टी कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकमा प्रतिवेदनमाथि सदस्यहरुले धारणा राखेको र धारणा राख्ने क्रम सकिएपछि उक्त प्रतिवेदन सार्वजनिक गरिने सहप्रवक्ता मनिष झाले जानकारी दिए।

Chaka Panja

बैठकको सुरुमा महामन्त्री ढकालको बैठक लाइभ गर्ने प्रस्तावलाई पार्टी सभापति रवि लामिछानेले प्रस्तुत गर्दा बैठकको बहुमतले अस्वीकृत भएको झाले बताए। केन्द्रीय सदस्यहरुले प्रतिवेदन पढ्न नपाएकाले छलफलपछि मात्रै लाइभ गर्नेमा आफुहरुको जोड रहेको उनको भनाइ छ।

बैठक लाइभ नभएपछि महामन्त्री ढकालले मुखमा टेप लगाएर मौन बसेको र अर्का सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले उक्त प्रतिवेदन बाचन गरेर सुनाएको सहप्रवक्ता झाले जानकारी दिए। उनले पार्टीभित्र कसैलाई कारवाही वा जिम्मेवारी हेरफेरको कुनै निर्णय नभएको बताए।

महामन्त्री ढकालले पार्टीभित्रका कमी कमजोरीलाई औल्याउँदै यसअघि नै पार्टी सभापति लामिछानेलाई उक्त प्रतिवेदन बुझाएका थिए।

Leave A Reply

Your email address will not be published.