सुचना, समाचार र मनोरन्जन

समाजवादीको अध्यक्षमा नेपाल सर्वसम्मत, महासचिवमा घनश्याम भुसाल

भुसालले अध्यक्ष पदमा दाबी गर्दै आए पनि अन्त्यमा नेपाल नेतृत्वमा जान उनी सहमत भएका थिए ।

काठमाडौं /

नेकपा एकीकृत समाजवादीको अध्यक्षमा माधव कुमार नेपाल सर्वसम्मत चयन भएका छन् । काठमाडौंमा जारी महाधिवेशनबाट नेपाल पुनः अध्यक्षमा चयन भएका हुन् ।

महासचिवमा घनश्याम भुसाल सर्वसम्मत चयन भएका छन् । भुसालले अध्यक्ष पदमा दाबी गर्दै आए पनि अन्त्यमा नेपाल नेतृत्वमा जान उनी सहमत भएका थिए ।

सम्मानित नेतामा पनि झलनाथ खनाल दोहोरिएका छन् । बाँकी रहेका पदमा शुक्रबार विहानसम्म टुंगो लगाइने बताइएको छ । असार १६ गतेदेखि सुरू भएको पार्टीको १०औं महाधिवेशन बिहीबारै सकिएको हो । ५ दिन चलेको महाधिवेशनले मुख्य ३ पदको छिनोफानो गरे पनि बाँकी पदाधिकारी र केन्द्रीय सदस्य छान्न भने सकेको छैन ।

शुक्रबारसम्म सहमतिकै आधारमा पदाधिकारी र केन्द्रीय सदस्य चयन गर्नेगरी नेतृत्वपंक्ति छलफलमा रहेको नेताहरूको भनाइ छ । एकीकृत समाजवादीले १०औं महाधिवेशनबाट २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको थियो ।

Leave A Reply

Your email address will not be published.