सुचना, समाचार र मनोरन्जन

डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ घट्यो

‍काठमाडौँ/

नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ। भारतीय आयल कर्पोरेसनबाट मूल्य घटेर आएसँगै निगमले डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ घटाएको हो। घटेको मूल्य आजै राति १२ बजेदेखि लागू हुनेछ। अब डिजेल र मट्टीतेल प्रतिलिटर १६४ रुपैयाँ पर्नेछ।

यस्तै, भारतीय आयल कर्पोरेशनबाट पेट्रोल र खाना पकाउने ग्यासको मूल्य बढेर आए पनि तत्कालका लागि मूल्य यथावत राखिएको निगमले जनाएको छ।

Leave A Reply

Your email address will not be published.