सुचना, समाचार र मनोरन्जन

विपदको अवस्थामा सक्रियता बढाउन गृहमन्त्रीको निर्देशन

काठमाडौ/

गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद्का बेला आफ्नो सक्रियता बढाउन सबै ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएका छन ।

Pach Pandav

हिजो भर्चुअल माध्यमबाट प्रमुख जिल्ला अधिकारी, जिल्ला सुरक्षा समितिका पदाधिकारीलगायतलाई सम्बोधन गर्दै उहाँले मनसुनजन्य विपदबाट प्रभावित भएका नागरिकलाई राहत दिन तथा उद्धार गर्न सरकारको तर्फबाट कुनै कसर बाँकी नराखी काम गर्न निर्देशन दिए।

गृहमन्त्री लेखकले सीमित स्रोत साधनका बाबजुद पनि विपद् व्यवस्थापनमा धेरै काम गर्नुपर्ने अवस्था रहेको बताउनुभयो। विपद् व्यवस्थापनका साथै जिल्लामा शान्ति सुरक्षा, लागू औषध नियन्त्रण, आपराधिक गतिविधि नियन्त्रणलगायत विषयमा पनि सक्रिय हुन गृहमन्त्री लेखकले निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

भर्चुअल छलफलमा गृहमन्त्रीसहित गृह सचिव, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोख्रेल, ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा समितिका पदाधिकारी सहभागी थिए ।

Leave A Reply

Your email address will not be published.