सुचना, समाचार र मनोरन्जन
jaar

डेडिकेटेड र ट्रंकलाइन विवादमा काटिएका लाइन जोडिन्छः मन्त्री खड्का

काठमाडौं /

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले डेडिकेटेड र ट्रंकलाइन विवादमा काटिएका लाइन जोडिने बताएका छन्।

सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री खड्काले व्यवसायीहरुले तिर्नुपर्ने रकम तिर्ने वातावरण बनाउनका लागि पनि डेडिकेटेड र ट्रंकलाइन विवादमा काटिएका लाइन जोडिने बताएका हुन्। उनले व्यवसायीहरुबाट उठ्न बाँकी रकमको निक्र्यौल हुन बाँकी रहेको जिकिर गरे ।

उनले यस विषयमा निरन्तर बैठक बसिरहेको भन्दै छिटै आवश्यक निष्कर्ष निस्कने दावी गरे।

Leave A Reply

Your email address will not be published.