काठमाडौँ/
डोटीमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । घटनामा पाँचजना घाइते भएका छन् । मृत्यु हुनेमा बाजुराको हिमाली गाउँपालिका–५ बस्ने २२ वर्षीया राधिका मलाल, ३२ वर्षीया धनशोभा बुढा, उनका ६ वर्षीय छोरा कविद्र बुढा र सोही ठाउँ बस्ने विमला मलालकी आठ महिनाकी छोरी प्रार्थना रहेका छन् ।उनीहरूको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
ग२च २७७६ नम्बरको जीप धनगढीबाट बाजुरातर्फ जाँदै गरेको आइतबार बिहान २ः१८ बजेको समयमा शिखर नगरपालिका–६ को अण्यौलमा दुर्घटना भएको थियो।
दुर्घटनामा हिमाली गाउँपालिका–५ बस्ने ३० वर्षीया प्रकास बुढाथापा, सोही ठाउँका २३ वर्षीय खोमबहादुर मलाल, २४ वर्षीय दानबहादुर बुढा २१ वर्षीया विमला मलाल र २१ वर्षकै राजबहादुर मलाल घाइते भएका छन् । घाइतेहरूको शैलेश्वरी अस्पताल डोटीमा उपचार भइरहेको जनाइएको छ ।