सुचना, समाचार र मनोरन्जन

संक्रमणकालीन न्यायसम्बन्धी बाँकी कामलाई राजनीतिक हस्तक्षेपमुक्त बनाऔँः रवि लामिछाने

काठमाडौं /

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संक्रमणकालीन न्यायसम्बन्धी बाँकी कामलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन आग्रह गरेका छन्।

Gokarna Karki

बुधबार प्रतिनिधिसभामा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथिको छलफलमा भाग लिँदै लामिछानले राजनीतिक दाउपेचकै कारण संक्रमणकालीन न्यायका कामहरु लामो समय अल्झिएको भन्दै अव भने यसलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन आग्रह गरेका हुन्।

उनले न्याय दिने संरचनालाई बलियो बनाउँदै पिडितलाई न्याय दिन सक्नुपर्नेमा जोड दिए। राजनीतिक भागबण्डाका आधारमा आयोगमा पदाधिकारी चयन गरे पिडितले न्याय पाउन नसक्ने उनले बताए। उनले अन्तराष्ट्रिय जगतले प्रश्न गर्न नसक्ने गरि संक्रमणकालीन न्यायसंगसम्बन्धी कामलाई निष्कर्षमा पुर्‍याउनुपर्ने बताए।

त्यस्तै उनले ठूला दल एक ठाँउ आएर सरकार बनाउने परिस्थीति मुलुकमा आएको स्वीकार गर्न तयार नरहेको जिकिर गरे। उनले लोकतन्त्रका मूल्य मान्यतालाई आत्मसाथ गर्दै प्रणालीहरुलाई नभत्काउने प्रतिबद्धता गर्नुपर्नेमा जोड दिए।

उनले लोकतान्त्रिक प्रणालीमा भइरहेको प्रहारका कारण नयाँ दलहरु स्थापित हुने अवस्था आएको समेत बताए। उनले टीआरसीलाई रास्वपाले नजिकबाट हेरिरहेको भन्दै प्रणालीका नाममा यसलाई भत्काउने काम भए पिडितहरुका लागि दुर्भाग्य हुने बताए।

Leave A Reply

Your email address will not be published.