सुचना, समाचार र मनोरन्जन

नुवाकोटमा केन्द्रीय कारागार सञ्चालनको तयारी

त्रिशूली/

नुवाकोटमा निर्माणाधीन केन्द्रीय कारागारको दोस्रो चरणअन्तर्गत निर्माण कार्य पूरा भएसँगै कैदीबन्दी स्थानन्तरणको तयारी गरिएको छ । विदुर नगरपालिका–६ स्थित खम्पाक्याम्पमा निर्माण भइरहेको केन्द्रीय कारागारको दोस्रो चरणअन्तर्गत एक हजार तीन सय ७० जना कैदीबन्दी राख्ने क्षमताको भौतिक संरचना निर्माण सम्पन्न भएको छ ।

आज कारागार व्यवस्थापन विभागका महानिर्देशक जयनारायण आचार्यले यहाँ निर्माणकार्यको अनुगमन गरेसँगै अबको केही दिनभित्रै सञ्चालनमा ल्याउने तयारी भएको जनाइएको हो ।

Pach Pandav

महानिर्देशक आचार्यले महिलाको लागि एक र पुरुषका लागि चार वटा ब्लकसहित संरचना निर्माणको काम पूरा भएकाले अब चाँडै कैदीबन्दी स्थानान्तरण गरिने बताए ।

“कारागार निर्माणको पहिलो चरणमा जग्गाको चारकिल्ला निर्धारण गरेर दोस्रो चरणमा एक हजार तीन सय ७० जना कैदीबन्दी अट्ने क्षमताको पाँच वटा ब्लक निर्माण गरिएको छ”, महानिर्देशक जयनारायण आचार्यले भने, “तयार भएका भवनमा कैदीबन्दी राख्न कारागार, शौचालय, स्नानकक्ष, खेल मैदानसहित आधुनिक एवं सुविधा सम्पन्न संरचना निर्माण गरिएका छन् ।”

कूल सात हजार कैदीबन्दी अट्ने क्षमताको भौतिक संरचना निर्माणसहित शिक्षालय, पुस्तकालय, अस्पताल, सीप विकास तथा प्रवर्द्धन केन्द्र, योग तथा ध्यान केन्द्रसहित आधुनिक सुधार गृहको रूपमा नुवाकोटमा केन्द्रय कारागार भइरहेको छ । अब निर्माणको काम तेस्रो चरणमा प्रवेश गर्न लागेको त्यस अवसरमा जानकारी दिइएको थियो ।

 

Leave A Reply

Your email address will not be published.