सुचना, समाचार र मनोरन्जन

९० सालकाे भूकम्पपछि हराएकाे फल्चाकाे काठमाडौ महानगरद्वारा पुनर्निर्माण

काठमाडौ/

काठमाडौं  महानगरपालिकाको वडा नम्बर ८ का दुई वटा फल्चाको पुनर्निर्माण सकिएको छ । नवाली टोलमा रहेका ‘ग्वलः दे’ र ‘ध्वाखा छेँ (नरसिंह)’ फल्चाको पुनर्निर्माण सकिएको हो ।

महानगरको सम्पदा तथा पर्यटन समितिका संयोजक एवम् वडाध्यक्ष आशामान संगतले आज फल्चाहरूको उद्घाटन गर्नुभयो । ‘ग्वलः दे फल्चा’ १९९० सालको भूकम्पपछि हराएको थियो । वडाध्यक्ष संगतका अनुसार घरको भित्तामा पाइएको शिलापत्र अध्ययन र झन्डै ५० सालतिर तयार पारिएको विवरण पुस्तिकाको फोटो हेरेर फल्चा पुनरुत्थान गरिएको हो । शिलापत्रमा फल्चाको निर्माण नेपाल संवत् ८२० मा र पुनर्निर्माण ८७३ मा भएको उल्लेख छ ।

फल्चा पुनरुत्थानका लागि वडाले १४ लाख ७६ हजार रुपैयाँ खर्च गरेको छ । १४ फिट लम्बाइ र साढे ६ फिट चौडाइको फल्चा ९१ वर्ग फिट क्षेत्रफलको छ ।

यस्तै २५ फिट लम्बाइ र १६ फिट चौडाइको नरसिंह फल्चा १९औं शताब्दीमा बनाइएको अभिलेख छ । ठमेलमा बस्ने कमान नरसिंह कर्णेलले बनाएकाले यसको नाम नरसिंह रहेको हो । यसलाई नेपाल भाषामा ‘ध्वाखा छेँ’ भन्ने गरिएको छ।

 

 

Leave A Reply

Your email address will not be published.