सुचना, समाचार र मनोरन्जन

म्याग्दीको विद्यालयमा आधुनिक प्रविधि ‘स्मार्ट बोर्ड’ बाट पढाउन शुरू

म्याग्दी/

म्याग्दीकाे सदरमुकाम बेनीमा रहेको प्रकाश माध्यमिक विद्यालयले शिक्षण सिकाइमा आधुनिक प्रविधिको प्रयोग गर्दै ‘स्मार्ट बोर्ड’ बाट पढाउन थालेको छ । विद्यालयमा सञ्चालित कक्षा ११ र १२ को विज्ञान विषयको पठनपाठनमा दुई वटा स्मार्ट बोर्डलाई प्रयोगमा ल्याइएको हो ।

Pach Pandav

यसका लागि गएको वर्ष बेनी नगरपालिकामा कार्यसम्पादन मूल्याङ्कनमा प्रथम भएपछि नगरपालिकाबाट प्राप्त गरेको तीन लाख रुपैयाँ पुरस्कार रकमबाट आवश्यक सामग्री खरिद गरिएको विद्यालयका प्रधानाध्यापक लेखबहादुर हमालले जानकारी दिनुभयो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिकृष्ण श्रेष्ठले समेत व्यक्तिगत रूपमा एक लाख ६० हजार रुपैयाँ खर्च गरेर एक थान स्मार्ट बोर्ड खरिद गरी विद्यालयलाई उपलब्ध गराउनुभएको छ । विद्यालयको शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ‘इन्टरएक्टिभ टचस्क्रिन स्मार्ट बोर्ड’ जडान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.