सुचना, समाचार र मनोरन्जन

जेएनबीए–२०२४ भव्य रूपमा सम्पन्न

पोखरा/

जेसीआई पोखराको आतिथ्यतामा यही २०८१, भाद्र ७ देखी १० गते सम्म पोखरा बिरौटा स्थित पोखरा ग्राण्ड होटलमा जेसीआई नेपाल बिजनेस एकेडेमी (जेएनबीए–२०२४) भव्य रूपमा सम्पन्न भएको छ । यस प्रतिष्ठित कार्यक्रमले देशभरका युवा व्यवसायी तथा पेशाकर्मीलाई समट्दै व्यवसायिक रणनीतिहरू, उद्धमशिलता बिकास बारे महत्वपूर्ण प्रशिक्षण प्रदान गरेको थियो । चार दिनको आवाशिय कार्यक्रमको समुद्घाटन गण्डकी प्रदेशका प्रमुख मानानीय डिल्लिराज भट्टज्युले गर्नुभएको थियो भने अध्यक्षता नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर रबिन पोख्रेलले गर्नु भएको थियो ।

अन्तराष्ट्रिय प्रशिक्षक हिमाद्री शैलेन्द्र सिन्हा तथा सिए चेतना जैन सहित बुटवल जेसीजका पूर्व अध्यक्ष राजिब गौतमले देश भरीबाट सहभागी ६२ जना प्रशिक्षार्थीहरुलाई प्रशिक्षण गराएका थिए । सो प्रशिक्षणकै दौरान पोखराका प्रतिस्ठित ब्यवसायी गणेश बहादुर भट्टराई तथा प्रकास देव पालिखेले “फायारसाइड टक“ मार्फत ब्यवसायिक चुनौती र सम्भावना बारे अन्तरकृया गरेका थिए भने यस किसिमको कार्यक्रममा पहिलो पटक नेपालमा रहेका राष्ट्रिय अन्तराष्ट्रिय स्तरका कम्पनीहरु रारा चाउचाउका उत्पादक गण्डकी नुडल्स, भिजन नेपाल, हिमालयन लाईफ लगाएतका १० बिभिन्न व्यावसायी र प्रशिक्षार्थीहरु बिच “बिजिनेस एक्स्चेन्ज मिट“ आयोजना गरिएको थियो जस्ले यस कार्यक्रमको उत्कृस्टतालाई प्रमाणित गरेको र समग्र नेपाल जेसीजको लागी पनि उक्त कार्यक्रमले फरक ब्राण्ड स्थापित गर्न सक्षम रहेको कार्यक्रमका मुख्य संयोजक पोखरा जेसीजका पुर्व अध्यक्ष सिनेटर किरण के.सी.ले बताउनु भयो । नेपाल जेसीजका कार्यक्रमहरु मध्ये उत्कृष्ट ब्यवस्थापन सहित समय सान्दर्भिक बिषय समेटिएको हुदाँ सो प्रशिक्षणबाट युवाहरुको व्यवसायिक बिकास र सशक्तिकारणमा बिषेश टेवा पुग्ने बताउदै दिक्षित प्रशिक्षार्थीहरुलाई शुभकामना ब्यक्त गर्नुभएको थियो ।

पोखरा जेसीजका अध्यक्ष देब राज शर्माले पोखरा जेसीजले स्वर्ण बर्ष प्रवेश गरेको अवसरमा बर्ष भरी बिभिन्न कार्यक्रमहरु गरी मनाउने लक्ष्य राखेकोमा यस कार्यक्रमले वास्तविक रुपमा आजको आवस्यकता अनुरुपको युवाहरुको क्षमता विकासको लागी महत्त्वपुर्ण भूमिका निर्वाह गर्ने उद्घोष गरे । नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर रबिन पोख्रेलले कार्यक्रमहरु मध्ये उत्कृष्ट ब्यवस्थापन सहित समय सान्दर्भिक बिषय समेटिएको हुदाँ सो प्रशिक्षणबाट युवाहरुको व्यवसायिक बिकास र सशक्तिकारणमा बिषेश टेवा पुग्ने बताउदै दिक्षित प्रशिक्षार्थीहरुलाई शुभकामना ब्यक्त गर्नुभएको थियो ।

चार दिनको उक्त कार्यक्रमबाट प्रत्यक्ष रुपमा लाभान्वित बनेका ६२ जना युवाहरुले यस कार्यक्रमबाट जिवनोपयोगी सिकाई भएकोमा खुशी व्यक्त गरेका छन् । नेपाल जेसीजको राष्ट्रिय कार्यक्रम बिजनेस एकेडेमीलाई सफल आतिथ्यता गरेको पोखरा जेसीज सन् १९७५मा स्थातिप भई स्थापनाकाल देखी नै युवा केन्द्रित कार्यक्रमलाई प्राथमिकतामा राख्दै सामाजिक आवश्यकतामा पनि अग्रसर रहँदै अएको छ ।

Leave A Reply

Your email address will not be published.