पोखरा/
गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले निजी क्षेत्रको पीरमर्कालाई सम्बोधन गर्न प्रदेश सरकार तयार रहेको बताएका छन् । पृथ्वी होटल व्यवसायी समितिले शनिबार आयोजना गरेको वार्षिक साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।
“ म आफु पनि व्यवसायिक क्षेत्रबाट राजनीतिमा आएको हुँ । व्यवसायीका पीरमर्का सँग जानकार छु । नीजि क्षेत्रले भोग्नुपरेका पीडाको विषयमा अवगत छु । व्यवसायी मैत्री कानून निर्माणमा प्रदेश सरकार लागिरहेको छ ।”, उनले भने । नीजि क्षेत्रसँगै सरकार हातेमालो गरेर अगाडि बढ्न प्रतिबद्ध रहेको उनले उल्लेख गरे ।
“उद्योग व्यवसाय सरकारले संचालन गर्ने होइन । यसमा नीजि क्षेत्रकै लगानी हुनुपर्छ । व्यवसायीहरुलाई अनुकुल वातावरण बनाउने काम सरकारको हो । जसमा हामी सचेत छौं ।”, उनले भने ।
मन्त्री थापाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भर्न प्रदेश सरकारले ताकेता गरिरहेको र छलफलका कार्यक्रम समेत अगाडि बढेको जानकारी गराए । पोखरेली सबैको साझा प्रयासबाट अन्तर्राष्ट्रिय विमानस्थल भित्रेसँगै अब उडान समेत सबैको साझा प्रयासबाट नै हुने भनाई उनको छ ।
भारतीय पर्यटक र चिनिया पर्यटकलाई आर्कषित गर्दै उनीहरुबाट लाभ लिन सक्ने खालको पूर्वाधार निर्माणमा सरकार लागिरहेको उनले बताए । पोखरा बसपार्क निर्माणमा केही समस्या देखिएता पनि त्यसको समाधान गर्ने बाटोमा तीनै तहको सरकार अग्रसर रहेको उनको भनाई छ ।
पोखरामा बन्ने कोसेली घर अन्तर्राष्ट्रिय स्वरुपको बन्नुपर्ने र प्रदेश भित्र उत्पादन हुने वस्तुको बजारीकरणमा र प्रदर्शनमा समेत ख्याल गर्नुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् ।
होटल व्यवसाय महासंघ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखालले पैसा लगानी गरेर मात्र व्यवसाय प्रवद्र्धन नहुने सरकारले नै चासो दिनुपर्ने उल्लेख गरेका छन् । साना तथा मझौला होटल व्यवसायीको हितबमोजिम प्रदेश सरकारले नीति निर्माणमा ध्यान दिनुपर्ने भनाई उनको छ ।
वडा प्रहरी कार्यालय बैदामका प्रमुख सन्तोष निरौलाले प्रहरी व्यवसायीसँग मिलेर नै काम गर्न इच्छुक रहेको उल्लेख गरे । उनले व्यवसायीले पनि प्रहरीलाई सहयोग पुग्ने हेतुले काम गर्नुपर्ने आवश्यकतालाई औंल्याएका छन् ।
पृथ्वी होटल व्यवसायी समितिका अध्यक्ष अमृत घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा चेम्बर अफ कमर्सका अध्यक्ष ओमराज बास्तोला र पोखरा उद्योग बाणिज्य संघका पूर्व उपाध्यक्ष एवम् अध्यक्ष पदका प्रत्यासी अर्जुन पोखरेलले बोलेका थिए ।
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- कात्तिक १४ गते शनिबार पोखरामा टिभिएस अपाचे रेसिङ एक्सपिरियन्स जीपी क्वालिफायर’को आयोजना हुने
- उपासना र सोनमको ‘जलाकी’ अमेरिका र क्यानडा प्रदर्शन अधिकार बिक्री
- नेपालतर्फ सोझिँदै चक्रवात ‘अर्नब’, यी क्षेत्रमा ‘रेड अलर्ट’ जारी
- ४३ महिनामा १ लाखभन्दा बढी काठमाडौं महानगरवासीले पाए निःशुल्क कानुनी सेवा
- जलवायु तथा भू–विपद् न्यूनीकरणमा क्षेत्रीय सहकार्य र प्रविधिको उपयोग गर्न मन्त्री श्रेष्ठको आह्वान
- छोरीलाई खुवाएको लिटोको भिडियोबाट उद्यमी बनेकी बिन्जुल, रोजगारीदेखि अन्तर्राष्ट्रिय बजारसम्म
- एसईई २०८४ का लागि परीक्षा आवेदन फारम खुला
- ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
- श्रीलंकाली ब्याटर सदिरा समराविक्रमा पोखरा एभेन्जर्समा अनुबन्ध
- स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड
निजी क्षेत्रको पीरमर्कालाई सम्बोधन गर्न प्रदेश सरकार तयार : मन्त्री थापा
Prev Post