Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- स्वस्तिमा खड्का स्टारर ‘लालीबजार’ ९ करोड कमाउँदै ब्लकबस्टर, आर्थिक वर्ष २०८३ को सर्वाधिक कमाउने फिल्म
- लक्ष्मी गिरी अभिनित ‘भागदौड’ असार २६ मा प्रदर्शन हुने, अनिशा श्रेष्ठ र घनश्याम जोशी मुख्य कलाकार
- ‘मिस्टर एण्ड मिस लिटिल कोशी’को सुनसरी अडिसन सम्पन्न, ५८ बालबालिका फाइनलका लागि छनोट
- शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति
- भैरहवामा अत्याधुनिक आईएनआई सिनेमाज सञ्चालन, ३९६ सिटको क्षमता
- मुकुन र सुरक्षाको ‘चमेलीको पोइ’असाजमा,नारायण त्रिपाठीको दुई दशकपछि कमब्याक
- नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा सपथ ग्रहण
- मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेन्डामा छलफल
- पोखरामा खेल सप्ताह आयोजना हुँदै, राष्ट्रियदेखि ग्रासरुट तहसम्मका खेल समावेश
- हर्मुज नजिक अमेरिकी हेलिकप्टर हेलिकप्टर दुर्घटनापछि पाइलट सुरक्षित
दरखाने दिनमा मानवसेवा आश्रममा भोजनार्थ सहयोग
पोखरा/
कर्मचारी मिलन केन्द्र कास्कीले निजामति सेवा दिवस २०८१ एवम् हरितालिका तीजको दरखाने दिनका अवसर पारी आज मानवसेवा आश्रम छोरेपाटनमा त्यहाँस्थित आश्रित व्यक्तिहरूलाई भोजनार्थ सहयोग गरेको छ ।
विशेषतः महिला दिदीबहिनीलाई आश्रय दिइराखिएको छोरेपाटनस्थित आश्रममा केन्द्रका तर्फबाट संरक्षक एवम् कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले २६ हजार रुपैयाँ नगद आश्रमका सञ्चालकलाई हस्तान्तरण गर्नुुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पाण्डेले सडक मानवलाई आश्रममा ल्याएर सम्मानपूर्वक सेवा प्रदान गरिरहेको मानवसेवा आश्रमको काम प्रशंसनीय भएको बताउनुुभयो ।
महिलाहरूको महान पर्व हरितालिका तीज समेतका अवसरमा आश्रममा आश्रित महिला दिदीबहिनीलाई दरभोज खाने दिनमा नै सहयोग गर्न पाउनुु सुखद भएको उहाँको भनाइ छ ।
पर्यटन राजधानी पोखरालाई सडक मानव मुक्तका साथै मठमन्दिरमा पनि मगन्ते मुक्त बनाउने प्रयास थालिएको उहाँले बताउनुुभयो ।
केन्द्रका अध्यक्ष लोकनाथ आचार्यले मानवीय भावनाका साथ आश्रममा आश्रित व्यक्तिहरूको भोजनार्थ सहयोग गरिएको बताउँदै समाजिक एवम् मानवीय भावनाका साथ सञ्चालित यस्ता संस्थाहरूमा सबैको साथ र सहयोग आवश्यक हुने धारणा राख्नुुभयो ।
निजामति सेवा दिवसका अवसरमा सरसफाई
निजामति सेवा दिवस २०८१ का अवसरमा कर्मचारी मिलन केन्द्र कास्की र जिल्ला प्रशासन कार्यालय कास्कीको संयुक्त संयोजनमा आजै पोखराको सहिदचोक सहित आसपासका कार्यालय क्षेत्रमा सरसफाई गरिएको छ ।
कार्यक्रमको शुभारम्भ गर्दै गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेतले निजामति कर्मचारीले सार्वजनिक सेवा प्रवाहका साथै समाजिक उत्तरदायित्व समेत बहन गरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।
कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले सरसफाई प्रति समाजमा सचेतना अभिबृद्धिका लागि पनि यस किसिमका कार्यक्रमलाई अघि बढाउनुुपर्ने आवश्यकता औंल्याउनुुभयो ।
कर्मचारी मिलन केन्द्र कास्कीका अध्यक्ष लोकनाथ आचार्यले केन्द्रको संयोजनमा प्रत्येक महिनाको ५ गते पोखरा क्षेत्रमा सम्पदास्थलहरूमा सरसफाई गरिदै आइएको बताउँदै निजामति सेवा दिवसका अवसरमा सहिद चोक सहित आसपासका कार्यालय क्षेत्रमा सरसफाई गरिएको जानकारी गराउनुुभयो । कार्यक्रममा नागरिक समाजका संयोजक रामबहादुर पौडेल, नागरिक अभियानका सदस्यहरू, सुरक्षा निकायका प्रतिनिधि सहित राष्ट्रसेवक कर्मचारीको उपस्थिति थियो ।
Prev Post