सुचना, समाचार र मनोरन्जन

महसुल नबुझाएपछि गण्डकी प्रदेश भौतिक मन्त्रालयको बिजुली काटियो

केन्द्रका अनुसार मन्त्रालयले २७ हजार ६५ रूपैयाँ बक्यौता तिर्न छ। केन्द्रले ६० दिनभन्दा धेरै समय बक्यौता नतिरेपछि मन्त्रालयको बिजुली काटिदिएको हो।

पोखरा /

नेपाल विद्युतु प्राधिकरण पोखरा वितरण केन्द्रले गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको विद्युत महसुल नतिरेपछि बिजुली काटिदिएको छ।

Pach Pandav

केन्द्रका अनुसार मन्त्रालयले २७ हजार ६५ रूपैयाँ बक्यौता तिर्न छ। केन्द्रले ६० दिनभन्दा धेरै समय बक्यौता नतिरेपछि मन्त्रालयको बिजुली काटिदिएको हो।

तर, बिजुली काटिए पनि मन्त्रालयलाई भने असर परेको छैन। मन्त्रालयमा दुई फेज र तीन फेज लाइन जडान गरिएको छ।

पछिल्लो समय केन्द्रले महसुल बुझाउन अटेर गर्ने, ६० दिनभन्दा बढी बक्यौता भएको ग्राहकको लाइन काटी महसुल संकलन गर्ने कामलाई तीव्र पारेको छ ।

Leave A Reply

Your email address will not be published.