सुचना, समाचार र मनोरन्जन

देवघाटका कुटी र धर्मशालामा बस्ने १०० जनाको उद्धार

चितवन/

नारायणी नदीको पानी बस्तीमा पस्न सक्ने जोखिम बढेपछि भरतपुर महानगरपालिका–१ देवघाटका करिब एक सय जनाको उद्धार गरिएको छ ।

Protin

गएराति १ः३० बजे जयभोले कुटी र अखण्ड धर्मशालामा बस्ने उनीलाई उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।

निरन्तरको वर्षातसँगै नदीमा जलसतह बढेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन उनले अनुरोध गरे ।

Leave A Reply

Your email address will not be published.