कास्की : गैह्रापाटनस्थित फेवा डेन्टल क्लिनिक र पोखरा पुस्तक तथा स्टेसनरी व्यवसायी संघ (APBSB) बीच आज २०८१ मंसिर १० गते द्विपक्षीय सम्झौता (MOU) सम्पन्न भएको छ।
सम्झौताअनुसार फेवा डेन्टल क्लिनिकले संघका सदस्य व्यवसायी र उनीहरूका आश्रित परिवारका सदस्य (बुबा, आमा, जीवनसाथी, र छोराछोरी) लाई विभिन्न सुविधाहरू उपलब्ध गराउने जनाइएको छ।
सम्झौता हस्ताक्षर कार्यक्रममा फेवा डेन्टल क्लिनिकका प्रोपाइटर प्रकाश कोइराला र पोखरा पुस्तक तथा स्टेसनरी व्यवसायी संघका अध्यक्ष गोविन्द गौतमले सहमति जनाउँदै यो सम्झौताले व्यवसायीहरू र उनीहरूका परिवारलाई स्वास्थ्य सेवामा सहजता ल्याउने विश्वास व्यक्त गरे।
फेवा डेन्टल क्लिनिकले यस पहलबाट समुदायप्रति जिम्मेवारी निर्वाह गर्ने र स्वास्थ्य सेवा थप पहुँचयोग्य बनाउने प्रयास गरिरहेको कार्यक्रममा उल्लेख गरियो।
सुविधाहरू यस्ता छन् :
–डा. परामर्श शुल्क निःशुल्क।
–क्लिनिकका सबै परीक्षण र सेवामा २५% छुट।
यो सुविधा प्राप्त गर्न संघका सदस्यले परिचयपत्र प्रस्तुत गर्नुपर्नेछ। सम्झौता २ वर्षको अवधिका लागि मान्य हुनेछ।