सुचना, समाचार र मनोरन्जन

आगामी फेब्रुअरी -१ मा ‘वर्डप्रेस पोखरा मिटअप’ हुँदै

 कास्की :  वर्डप्रेसमा रुचि राख्ने डेभलपर, डिजाइनर, ब्लगर, व्यवसायी तथा प्रविधि प्रेमीहरूलाई लक्षित गर्दै वर्ड क्याम्प पोखरा मिटअपको आयोजना हुने भएको छ।

वर्डप्रेस पोखरा कम्युनिटीले पोखराको महेन्द्रपुलमा रहेको गण्डकी विश्वविद्यालयमा वर्डप्रेस पोखरा फेब्रुअरी मिटअपको आयोजना गर्न लागेको हो।

मिटअपमा वर्डप्रेस प्लगिन डेभलपमेन्ट सम्बन्धी वर्कसप तथा वर्डक्याम्प नेपाल २०२५ को विषयमा छलफल हुनेछ। साथै वर्डप्रेस कम्युनिनिटीको बारेमासमेत छलफल हुने जनाइएको छ। वर्डप्रेसका अनुभवी वर्डप्रेस सोलुसन इन्जिनियर रेगन खड्गीले वर्डप्रेस प्लगिन डेभलपमेन्ट बारेमा प्रशिक्षण दिनेछन्। रेगन खड्गी वर्डप्रेसमा मा १३ वर्षभन्दा बढी अनुभव भएका विज्ञ हुन्।

उनले अनलाइन खबर तथा जर्मनीस्थित प्लान्टुराको लागि प्लगिन विकास गरिसकेका छन्। कार्यशालमा वर्डप्रेस प्लगिन डेभलपमेन्ट बेसिक स्ट्रक्चरदेखि पहिलोपटक कस्टम वर्डप्रेस प्लगिन बनाउने तरिकाहरुबारे सिकाइनेछ। साथै वर्डप्रेसको कार्यक्षमता विस्तार गर्ने महत्वपूर्ण तरिकाहरुबारे पनि प्रशिक्षण दिइनेछ।

वर्डप्रेस पोखरा मिटअपको दोश्रो सत्रमा ‘WordCamp Nepal 2025 अपडेट’ मा ‘Rigorous Web & Aarambha Themes’ संस्थापक सुरेन्द्र श्रेष्ठले ‘WordPress Community’ र कार्यक्रमबारे जानकारी दिनेछन्।

साथै ‘WordCamp Nepal 2025’ को तयारी र आयोजनाबारे जानकारी दिइनेछ भने ‘WordPress Coumminity’ मा योगदान गर्ने अवसरहरू प्रदान गरिनेछ।

‘WordCamp Nepal 2025’ मा ‘Program Lead’ को रुपमा काम गर्दै छन् सुरेन्द्र श्रेष्ठ। उनी १५ वर्षभन्दा बढी अनुभव भएका वर्डप्रेस विशेषज्ञ मानिन्छन्। उनले ‘WordCamp Kathmandu, WordCamp Asia’ जस्ता प्रतिष्ठित कार्यक्रमहरूमा नेतृत्वदायी भूमिका खेलिसकेका छन्। साथै अहिले आयोजना हुदै गरेको वर्डप्रेसमा करिअर बनाउन चाहनेहरूका लागि वर्डप्रेस मिटअप महत्वपूर्ण अवसर हुने आयोजकको भनाइ छ। आफ्नै कस्टम प्लगिन विकास गर्ने आधारभूत र व्यावहारिक ज्ञान प्राप्त गर्ने मौकाका साथै वर्डक्याम्प नेपाल २०२५ को तयारीबारे पहिलो हातबाट जानकारी प्राप्त गर्ने अवसर पनि प्राप्त हुने आयोजकको दाबी छ।

Leave A Reply

Your email address will not be published.