सुचना, समाचार र मनोरन्जन
tigar

वायु सेवा निगमको एयरबस–३३० आज राति २ः ३० बजे इजरायल उड्ने

काठमाडौँ/

युद्धग्रस्त इजरायलमा फसेका नेपालीलाई नेपाल वायु सेवा निगमको जहाज आज राति इजरायल उड्ने भएको छ । निगमको वाइड बडी जहाज–३३० आज राति २ः३० बजे इजरायल उड्ने तय भएको हो

sfal

हवाई उडान तथा अवतरणका लागि आवश्यक सबै प्रक्रिया, रुट पर्मिटका साथै चार्टर्ड फ्लाइटका लागि इन्स्योरेन्स समेत सबै गरिसकिएको प्रवक्ता पौडेलले जानकारी दिए । ‘जहाज आज राति २ः३० बजे उड्ने र बिहान करिब ९ः३० बजे इजरायल ल्यान्ड गर्ने समय तालिका तय भएको छ ।

निगमको जहाज दुबई ट्रान्जिट हुँदै इजरायल जानेछ । दुबई हुँदै जाने उडानका लागि रुट पर्मिट (उडान अनुमति) लिनुपर्ने हुँदा जहाज उडानमा केही ढिला हुन गएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए । तर, चार्टर्ड उडानका लागि नेपालका तर्फबाट भने निगमलाई कुनै रोकटोक नहुने उनले बताए ।

Leave A Reply

Your email address will not be published.