सुचना, समाचार र मनोरन्जन

तीनकुने घटनाबारे गृहमन्त्रीः लोकतान्त्रिक व्यवस्थामा आगो लगाउने खेल

 

काठमाडौं : गृहमन्त्री रमेश लेखकले गत चैत १५ गते काठमाडौंमा भएको घटना अपराधिक र विध्वंसात्मक कार्य भएको बताएका छन् ।

शुक्रवार प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिमा बोल्दै मन्त्री लेखकले  तीनकुने भएको घटनाप्रति सरकारको गम्भिर ध्यानाकर्षण भएको उल्लेख गर्दै उनले आइन्दा यस्ता घटना हुन नदिन चनाखो रहेको समेत बताए ।

उनले तीनकुने घटना आपराधिक र विध्वंशकारी घटना भएकोले फौजदारी कानूनी प्रक्रियाबाट नै छानबिन हुने जिकिर गरे । सांसदहरूले घटनाको सत्यतथ्य छानबिन गर्न छानबिन आयोग गठन गर्न माग गरेका थिए । गृहमन्त्री लेखकले सरकारको रेगुलर क्रिमिनल जस्टिस सिस्टमले घटनाबारे कुनै आग्रह र पूर्वाग्रह नराखी निष्पक्ष छानबिन गर्ने बताए ।

सार्वजनिक सम्पती लुटपाट, आगजनी र आरजकता गर्ने कार्यमा संलग्नहरूलाई पक्राउ गर्ने कार्य अझै नरोकिएको समेत उनको भनाइ छ । तीनकुने प्रदर्शनका कमाण्ड दुर्गा प्रसाईं प्रक्राउ परेको समेत उनले समितिलाई जानकारी दिए । घटनाको अनुसन्धान जारी रहेकोले भूमिका अनुसार कसैलाई पनि नछोडिने गृहमन्त्री लेखकले दाहोर्याकए ।

उनले लोकतान्त्रिक व्यवस्थामा आगो लगाएर निरङ्कशताको खोजि गर्नु कुनै पनि हिसाबले उचित नहुने बताए । उनले जनतामा गएर आफ्नो कुरा राखेर निर्वाचित हुने अधिकार संविधानले सबैलाई दिएको समेत उल्लेख गरे ।

उनले तीनकुने घटनामा मृत्यु भएकाका परिवारलाई १०÷१० लाख रुपैयाँ राहत दिने काम अघि बढिसकेको बताए । घटना घाइते भएकाहरूको सरकारले निःशुल्क उपचार गर्ने उनको भनाइ छ । बैठकमा सांसदहरूले तीनकुने घटनाको जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र शाहलाई बनाउनु पर्ने धारणा राखेका छन् ।

 

Leave A Reply

Your email address will not be published.