सुचना, समाचार र मनोरन्जन

जेन-जीको समर्थन गर्दै अभियन्ताहरूलाई बालेनको सुझाव :संस्थागत स्वार्थका लागि ‘बाठो’ बन्न नखोज्नू

 

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जालमार्फत भोलि हुने र्‍यालीलाई पूर्ण रूपमा जेज जी पुस्ताको स्वतस्फुर्त अभिव्यक्ति बताएका छन्।

 

एक स्टाटस लेख्दै उनले  यो आन्दोलन कुनै पार्टी, नेता वा संस्थाको निर्देशनमा नभई युवा पुस्ताको चाहना र आकांक्षाबाट उत्पन्न भएको उल्लेख गरेका छन्।

 

‘भोलिको र्‍याली स्पष्ट स्वतस्फुर्तरुपमा जेन-जीको हो। उहाँहरू भनेको २८ वर्ष मुनिका हुनुहुन्छ, जसको लागि म पनि अझै बुढो देखिन्छु”, बालेनले लेखेका छन्, ‘ मलाई पनि उहाँहरूको इच्छा, उद्देश्य, सोच बुझ्न मन छ।’

 

बालेनले र्‍यालीमा कुनै पनि पार्टी, सांसद, नेता, कार्यकर्ता वा अभियन्ताहरूले आफ्ना व्यक्तिगत वा संस्थागत स्वार्थका लागि ‘बाठो’ बन्न खोज्न नहुने स्पष्ट सन्देश दिएका छन्।

Leave A Reply

Your email address will not be published.