सुचना, समाचार र मनोरन्जन

पाकिस्तानी सेनाद्वारा अफगान सीमा क्षेत्रमा २३ जना आतङ्ककारीको हत्या

पाकिस्तानी सेनाले अफगान सीमा क्षेत्रमा गरेको दुई वटा आतङ्कारी लक्षित कारबाहीमा २३ जना आतङ्ककारीहरूको मृत्यु भएको जनाएको छ ।

 

आतङ्कवादीहरू पाकिस्तानी तालिबान वा यसका सम्बद्ध समूहहरूका भएको सेनाले विज्ञप्तिमा मार्फत जनाएको छ ।

 

“पाकिस्तानले देशबाट विदेशी प्रायोजित र समर्थित आतङ्कवादको खतरा हटाउन सम्पूर्ण प्रयास जारी राख्नेसमेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

इस्लामावादले नियमित रूपमा काबुललाई आतङ्कवादी समूहहरू, पाकिस्तानमा घातक आक्रमण गर्ने तेहरीकतालिबान पाकिस्तान ९टिटिपी० लाई शरण दिएको आरोप लगाउदै आइरहेको छ ।

 

पाकिस्तानले पछिल्लो समयमा भारतले पनि आतङ्कवादी समूहहरूलाई समर्थन गरेको दाबी गर्दै आएको छ भने दुवै छिमेकीले कुनै पनि आतङ्कबादी संलग्नतालाई अस्वीकार गरेका छन्

 

पाकिस्तानले अफगानिस्तानबाट योजना बनाएको भन्दै गत हप्ता इस्लामाबादको अदालत बाहिर भएको आत्मघाती बम विस्फोटमा १२ जनाको मृत्यु तथा दर्जनौँ घाइते भएपछि छापा मारेको जनाइएको छ ।

 

यद्देपी आक्रमणको जिम्मेवारी भने पाकिस्तानी तालिबानको एउटा समूहले लिएको छ ।

 

पछिल्लो समयमा पाकिस्तान र अफगानिस्तानबीचको सम्बन्ध चिस्सियको छ भने गत महिना सीमापार झडपले खराब लडाइँ निम्त्याएको थियोएक हप्तासम्म चलेको द्वन्द्वमा दुवै पक्षका ७० जना भन्दा बढी मानिस मारिएका छन्हाल दुई देशका आपसी सीमाहरु बन्द भएका छन्

 

अन्ततः दुई दक्षिण एसियाली छिमेकीहरू युद्धविराममा सहमत भए पनि सर्तहरू पालना गर्नमा आएका गतिरोधका लागि एकअर्कालाई दोषारोपण गर्दै आएका छन् ।

Leave A Reply

Your email address will not be published.