सुचना, समाचार र मनोरन्जन

एपेक्स हाजिरीजवाफ प्रतियोगितामा न्यु मोडेलको वर्चस्व, अनिज पोखरेलको समूह प्रथम

पोखरा : एपेक्स कास्कीद्वारा आयोजित ‘एपेक्स हाजिरीजवाफ प्रतियोगिता२०८२’ मा पोखराको नागढुङ्गास्थित न्यु मोडेल सेकेन्डरी स्कुल विजयी भएको छ । विद्यालयका तर्फबाट सहभागी छात्रहरू अनिज पोखरेल, आयुष पोखरेल र प्रियांशु अधिकारीको समूहले उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगितामा प्रथम स्थान हासिल गरेको हो ।

 

न्यु मोडेल सेकेन्डरी स्कुलका विद्यार्थीहरूले आफ्नो बौद्धिक क्षमता प्रदर्शन गर्दै यो सफलता हात पारेका हुन् । विद्यार्थीहरूको जितप्रति खुसी व्यक्त गर्दै विद्यालयका निर्देशक लक्ष्मण पोखरेलले अनिज पोखरेल र उनको समूहको मेहेनतको प्रशंसा गरे । पोखरेलले भने, “अनिज सानैदेखि पढाइमा अब्बल र लगनशील विद्यार्थी हुन् । समसामयिक विषयवस्तुमा विशेष चासो राख्ने उनले विज्ञान, गणित तथा सामाजिक विषयको तयारी आफ्नै मौलिक शैलीमा गर्ने गरेका छन् ।” निर्देशक पोखरेलका अनुसार विद्यालयको प्रतिनिधित्व गर्दै माध्यमिक तहका हरेक हाजिरीजवाफ प्रतियोगितामा सहभागी हुँदा यो समूहले कहिल्यै रित्तो हात फर्कनु परेको छैन

 

विद्यालयका सहप्राचार्य पदम वस्ताकोटीले विद्यार्थीहरूको यो नतिजाले विद्यालय परिवारलाई गौरवान्वित बनाएको बताएउनले भने, “कास्की जिल्लामा आयोजना हुने हरेकजसो हाजिरीजवाफ प्रतियोगितामा अनिजको समूहले प्रथम स्थान हासिल गरेर आफ्नो क्षमता प्रमाणित गरिसकेको छ । उनीहरूको यो सफलताले विद्यालयको सान र गरिमालाई थप उचाइमा पु¥याएको छ ।”

 

जिल्लास्तरीय प्रतियोगितामा हासिल गरेको यो नतिजाले विद्यार्थीहरूको मनोबल उच्च बनाएको छ, गत वर्ष पनि अनिजको समूहले जिल्लास्तरी मावि हाजिरी जवाफ प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै नगद १५ हजार जितेको विद्यालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.