काठमाडौं :
लोकप्रिय गायिका शितल शर्माले लामो समयपछि आफ्ना शुभचिन्तक श्रोता–दर्शकका लागि नयाँ गीत ‘मन परेको कान्छु’ सार्वजनिक गरेकी छन्। शितल शर्मा र हरि गिरीको युगल स्वर रहेको यस गीतमा शब्द तथा संगीत हरि गिरी ‘बिमर्शि’ कै रहेको छ।
गीतको भिडियोमा सुशील रेग्मी, स्मरिका ढकाल लगायतका कलाकारले अभिनय गरेका छन्। भिडियोलाई श्रृंगार सरिता प्रजापतिले प्रस्तुत गरेकी हुन् भने कोरियोग्राफी र निर्देशन मौसम हिमाली, छायांकन नवराज उप्रेती, र सम्पादन मनोज कार्की ले सम्हालेका छन्।