सुचना, समाचार र मनोरन्जन

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदमा हिउँदे अधिवेशनमा पारित गर्नुपर्नेमा जोड

काठमाडौँ/

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्को हिउँदे अधिवेशनमा पारित गर्ने बताएका छन ।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक र सम्पत्ति शुद्धिकरणसम्बन्धि विधेयक अति आवश्यक भएकाले अब सुरु हुने संसद्को हिउँदे अधिवेशनमा त्यसलाई टुंगो लगाउनुपर्ने उनको भनाई थियो । मंगलबार काठमाडौँमा आयोजित ‘विस्तृत शान्ति सम्झौताको १८ वर्षः अधुरो संक्रमणकालीन न्याय प्रक्रियाको ठोस समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री गुरुङले १७÷१८ वर्षदेखि थाती रहेको संक्रमणकालीन न्याय सम्बन्धी विधेयक छिटो पारित हुनुपर्छ भन्नेमा सरकारलाई सबैले साथ दिनुपर्ने बताए ।

मन्त्री गुरुङले सरकारले संघीय निजामती सेवा ऐन, संघीय प्रहरी ऐन ल्याउने काममा पनि ढिलाइ नगर्ने आश्वासन दिए ।

Leave A Reply

Your email address will not be published.