सुचना, समाचार र मनोरन्जन

सर्वोच्चमा ६ जना न्यायाधीश सिफारिस

काठमाडौँ/

न्याय परिषदले सर्वोच्च अदालतमा ६ जना न्यायाधीश सिफारिस गरेको छ। मंगलबार प्रधानन्यायाधीश एवं परिषदका अध्यक्ष विश्वम्भर प्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले चार जना उच्च अदालतका न्यायाधीश र दुई जना कानुन व्यवसायीलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको हो।

Chaka Panja

स्रोतका अनुसार कानुन व्यवसायीबाट बालकृष्ण ढकाल र सुनिल पोखरेल सिफारिस भएका छन्। उच्च अदालतका न्यायाधीशहरु सारङा सुवेदी, टेकप्रसाद ढुङ्गाना, महेश शर्मा पौड्याल र अब्दुल अजिज मुसलमानलाई पनि पनि सर्वोच्चको न्यायाधीश सिफारिस गरिएको हो।

उनीहरुलाई संसदीय सुनुवाई समितिले अनुमोदन गरेमा सर्वोच्चको न्यायाधीश नियुक्त हुनेछन्। संविधानअनुसार सर्वोच्चमा २१ जना न्यायाधीश हुुनुपर्ने भए पनि अहिले १४ जना मात्रै छन्। मंगलबार ६ जना सिफारिस हुँदा अझै एक न्यायाधीशको पद रिक्त छ।

Leave A Reply

Your email address will not be published.