सुचना, समाचार र मनोरन्जन
IVF New Banner

कृषिमा आत्मनिर्भर हुन लगानी बढाऔं – जि.स.स कास्की प्रमुख पौडेल

पोखरा/
जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले कृषिको व्यवसायिकिकरण र उत्पादनमा गण्डकीलाई आत्मनिर्भर बनाउनका लागि कृषिमा लगानी बढाउनुपर्ने बताएका छन। कृषिको यान्त्रिकिकरण सहितको आधुनिक प्रबिधिलाई थप प्रभाबकारी कार्यक्रम सहित पुनः संरचनाको जरुरी रहेको हुँदा स्थानीय तह सहित प्रदेश सरकार र संघ सरकारले अधिक बजेट कृषी क्षेत्रमा छुट्टाउनुपर्ने बताए ।

प्रमुख पौडेलले सो कुरा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना ,परियोजना कार्यान्वयन इकाइ कास्कीको आयोजनामा संचालित आर्थिक बर्ष २०८०र८१ को गण्डकी प्रदेशस्तरिय पहिलो त्रैमासिक प्रगति समिक्षा गोष्ठीको उद्घाटन गर्दै बताएका हुन।

Safal
IVF Post

कृषिको बजेट बर्सेनि घट्नु दुःखद भएको भन्दै ब्यबसायिक कृषीको बिकासको बिषयलाइ विशेष प्राथमिकता दिनुपर्ने उनको जोड छ। पौडेलले कृषि पेशा प्रती आकर्षण बढ्ने नीति कार्यक्रम तय गर्न र अनुदानमुलक कार्यक्रम प्रभाबकारी बनाउनु पर्ने भन्दै श्रमप्रतिको सम्मान जगाउने गरि काम गर्न आग्रह गरे ।

सरकारी कार्यालयहरूले आफ्ना कार्यक्रम प्रभाबकारी बनाउन योजना र कार्यतालिका निर्माण गर्न आग्रह गरे । कुनै दबाब र रबाफको प्रभावमा नपरी जनप्रतिनिधि ,राष्टसेवक ,कर्मचारी सबै सरोकारवालाहरूले काम गरे मात्रै हामीले चाहेको बिकास र समृद्धिको सपना सार्थक हुने उनको कथन । समिक्षा कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना ,परियोजना कार्यान्वयन इकाइ अन्तर्गत गण्डकी प्रदेशका ११ जिल्लाका प्रमुख तथा प्रतिनिधिले आफ्नो त्रैमासिक प्रगति प्रतिबेदन प्रस्तुत गर्दै बिद्यमान समस्या र निराकरण सम्बन्धमा जानकारी गराएका थिए। कार्यक्रममा कृषि निर्देशनालय गण्डकीका निर्देशक बासुदेब रेग्मी ,कास्कीका जिल्ला समन्वय अधिकारी नबराज बराल , मन्त्रालयको तर्फबाट माधब पौडेल ,तरकारी सुपर जोन संचालक समन्वय समिति संयोजक कृष्ण प्रसाद तिवारी ,प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाइ कास्कीका प्रमुख रोशन अधिकारी , सोही कार्यालयका बागबानी बिज्ञ मनोज ढकाल , सामाजिक बिकास बिज्ञ गोबिन्द श्रेष्ठ लगायतले प्रस्तुत समिक्षा उपर टिप्पणी प्रस्तुत गरेका थिए ।

Leave A Reply

Your email address will not be published.